ममतालाई विमलको पत्र-जीटीए क्षेत्रमा पनि शिक्षक नियुक्ति प्रक्रिया शुरू गरिदिने अनुरोध

0
834

दार्जीलिङ, ३० जूनः गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरी जीटीए क्षेत्रमा पनि प्राइमेरी र अप्पर प्राइमेरी स्कूलमा शिक्षक नियुक्ति प्रक्रिया शुरू गरिदिने अनुरोध गरेका छन्।

उनले मुख्यमन्त्रीलाई हिजो पत्राचार गरेका हुन्।

साथै विमलले प्राइमेरी र अप्पर प्राइमेरी स्कूलहरूमा शिक्षक नियुक्त गर्ने घोषणालाई ‘सराहनीय कदम’ बताउँदै आभार प्रकट गर्नका साथै यो कदमले आधारभूत तहम शिक्षाको प्रवर्द्धन गर्ने तथा ठूलो रूपमा बेरोजगारी समस्याको समाधान गर्नमा पनि मद्दत पुऱ्याउने बताएका छन्।

‘शैक्षिक योग्यतालाई आधार बनाएर शिक्षक चयन गर्ने तपाईंको निर्णयबाट हामी उत्साहित छौँ। म हजुरलाई यो अवगत गराउन चाहन्छु, अन्तिमपल्ट जीटीए क्षेत्रमा २०१२ मा शिक्षक नियुक्त गरिएको थियो जुन शिक्षकहरू २००२ मा अन्तर्वार्तामा बसेका थिए। पछि २०१८ मा १२३ जना स्वयंसेवी शिक्षकहरू नियुक्त गरियो’, पत्रमा उनले भनेका छन्, ‘अहिले प्राथमिक पाठशालाहरूमा मात्र ६५३ भन्दा बढ़ी रिक्त पद छन्। उच्च प्राथमिक पाठशालाहरूमा नियुक्तिका लागि पहल हुनु बाँकी नै छ। यसर्थ, जीटीए जीटीए क्षेत्रको प्राथमिक अनि उच्च प्राथमिक पाठशालाहरूमा शिक्षक नियुक्त गराउन जरुरी कदम उठाइदिनुस् भन्ने विनम्र निवेदन राख्दछु।‘

यसैगरी शिक्षक नियुक्ति प्रक्रियामा जीटीए क्षेत्रका लागि पनि सरकारले समान रूपमा आफ्नो ध्यानाकर्षण गर्नेछ भन्ने कुरामा आफूहरू विश्वस्त रहेको पनि विमल गुरुङले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here