कालेबुङ र दार्जीलिङमा आधार सेवा केन्द्र चाँड़ै शुरू हुने

0
1169

दार्जीलिङ, 30 जूनः  कालेबुङ र दार्जीलिङमा आधार सेवा केन्द्र चाँड़ै शुरू हुने भएको छ।

सांसद राजु बिष्टले जानकारी गराएअनुसार कालेबुङको बाघधारा प्रितम रोडमा आधार सेवा केन्द्रको स्थापना कार्य चलिरहेको छ। र यो एक महिनाभित्र सञ्चालनमा आउनेछ।

साथै दार्जीलिङमा आधार सेवा केन्द्रको स्थापनाका लागि स्थान चयन गर्ने कार्य चलिरहेको र सेप्टेम्बर महिनाको अन्त्यसम्म सञ्चालनमा आउने आशा गरिएको पनि पनि उनले गराएका छन्।

बिष्टका अनुसार उल्लिखित जानकारी गराइएको पत्र उनले यूआईडीएआईका सीईओ डा. सौरभ गर्गमार्फत् प्राप्त गरेका छन्।

क्षेत्रका मानिसहरूले आधार कार्डसम्बन्धी झेलिरहेका समस्यालाई ध्यानमा राखेर आफूले यसै वर्षको 14 जनकारीका दिन दार्जीलिङ, कालेबुङ र सिलगढ़ीमा आधार सेवा केन्द्रको स्थापनाका लागि यूआईडीएआईका सीईओ डा. सौरभ गर्गलाई अनुरोध गरेको पनि उनले बताएका छन्। यसै अनुरोधका फलस्वरूप 23 मार्चका दिन सिलगढ़ीमा आधार सेवा केन्द्रको स्थापना कार्य चलिरहेको र सोहीअनुरूप कालेबुङ र दार्जीलिङमा पनि आधार सेवा केन्द्र स्थापना गरिने जानकारी उनलाई गराइएको थियो।

सांसद बिष्टका अनुसार चियाकमान र सिन्कोना बगानका श्रमिक/कर्मचारीहरूले उनीहरूका भविष्य निधि कोषको खातासँग आधार नम्बर जोड़्नमा समस्या झेलिरहेको उनले दार्जीलिङ र कालेबुङमा आधार सेवा केन्द्रको स्थापनाको मुद्दालाई पुनः उठाएका थिए।

यसैबिच कालेबुङ र दार्जीलिङमा आधार सेवा केन्द्र स्थापना हुने भएपछि क्षेत्रका जनताको पक्षबाट सांसद राजु बिष्टले यूआईडीएआईका सीईओ डा. सुवास गर्गप्रति आभार गरेका छन्।

साथै सरकारी कार्यमा केही समय लाग्ने तर सरकारी सुविधा र सहुलियतबाट जनता वञ्चित नहोस् भन्न खातिर आफूले कुनै कसर नछाड़्ने पनि उनले बताएका छन्।

‘समय लाग्नेछ, तर दार्जीलिङ तराई डुवर्सका जनतालाई दिएका सबै वाचा हाम्रो सरकारले पूर्ण गर्नेछ’, सांसद राजु बिष्टले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here