पादरी गङ्गाप्रसादको 170औँ जयन्ती पालन

0
1004

गान्तोक, ४ जुलाईः जर्नलिस्ट युनियन अव् सिक्किमले आइतबार आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 170औँ जन्म जयन्ती पालन गऱ्यो।

राजधानी गान्तोकको एमजी मार्गस्थित गोल्डन टिप्स टी बारमा आयोजित समारोहलाई वरिष्ठ पत्रकार सुश्री निता निराशले अध्यक्षता गरेकी थिइन्।

स्मरण गराइन्छ, नेपाली पत्रकारितामा पादरी गङ्गा प्रसादलाई आदि पत्रकारका रूपमा मानिन्छ।

उनले सन् 1901-मा गोर्खे खबर कागत् नामक नेपाली समाचार-पत्र प्रकाशित गर्नका साथै द गोर्खा प्रेसको स्थापना गरी नेपाली भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका हुन्। उनले बाइबललाई नेपाली भाषामा अनुवाद गरेका हुन्।

उनलाई सम्झना गर्दै आयोजन गरिएको कार्यक्रमकी सभाध्यक्ष श्रीमती निराशले पत्रकारिताको क्षेत्रमा योगदान दिने विभूतिहरूका लागि पत्रकार समाजबाट यसरी सम्झना गरिनु अनुकरणीय कार्य बताइन्।

युनियनका अध्यक्ष भीम रावतले पत्रकार सिक्किममा पादरी जयन्तीको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै पत्रकारहरूले एकतालाई कायम गर्नुपर्ने आह्वान गरे।

पत्रकार प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा उपस्थित सबैलाई युनियनका महासिचव सुजल प्रधानले आभार व्यक्त गरे।

समारोहको शुभारम्भमा सभाध्यक्ष र युनियनका अध्यक्षद्वारा पादरी गङ्गा प्रसादको तस्वीरमा खदार्पण गरियो।

कार्यक्रममा युनियनका उपाध्यक्ष पत्रकार अम्बर गुरुङ, विष्णु न्यौपाने, विजय गुरुङ, दिछेन ओङ्मु, राजेन छेत्री, भरत शर्मा, एरोन राई र सुरज सुब्बा आदि पनि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here