डा. दिवाकर प्रधान पत्नी शोकमा

0
1140

गान्तोक, ५ जुलाईः काशी हिन्दु  विश्वविद्यालयका प्राध्यापक डा. दिवाकर प्रधान पत्नी शोकमा परेका छन्।

डा. प्रधानकी पत्नी श्रीमती निर्मला प्रधान (५७)-को असामयिक निधन भएको हो।

गान्तोकको टाशी नामग्याल एकाडेमीकी सहप्राचार्य समेत रहेकी निर्मला प्रधान आज सिलगढ़ीस्थित आनन्दलोक नर्सिङ होममा हृदयाघातका कारण निधन भएको बताइएको छ।

जानकारीका अनुसार केही दिनदेखि उनी बिरामी थिइन् भने उक्त नर्सिङ होममा उपचार चलिरहेको थियो। यसैबीच हिजो अचानक उनको स्वास्थ्य अवस्था खस्किएको थियो।

पारिवारिक सूत्रका अनुसार उनको पार्थिव शरीरलाई आजै चामोङ लगिएको छ, जहाँ भोलि (मङ्गलबार) उनको अन्तिम संस्कार गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here