कालेबुङ, 8 जुलाईः बिहीबार टिस्टा उर्लेर करिब सड़कसम्मै आइपुगेको थियो, जसका कारण राष्ट्रिय राजमार्ग- 10 मा यातायात जोखिमपूर्ण बनेको छ।
यति मात्र टिस्टा डरलाग्दो उर्लेर सड़कसम्मै आएपछि राष्ट्रिय राजमार्ग 10 –का किनारमा बसोबास गर्ने मानिसहरूका लागि जोखिमपूर्ण बनेको छ। मानिसहरू त्रसित बनेका छन्।
जानकारीका अनुसार टिस्टाले सुन्तले खोला किनारमा रहेका बुनु खत्रीका घर बगाएको छ। यो घटना बिहान करिब 3 बजेको हो। खत्री परिवारले भागेर आफू ज्यान त बचाए तर घरभित्र रहेका एउटै सामान भने निकाल्न पाएनन्। घर बगेपछि उनका परिवार विस्थापित बनेका छन्।
यसका साथै त्यहाँका केही अन्य घर पनि प्रभावित बनेको बताइएको छ।
अर्कोतिर, बर्खेयाममा राष्ट्रिय राजमार्गको कन्तबिजोक दोहोरिएको छ। लिखुभिर नजिक राजमार्गको आधा भाग धस्किएको छ। यद्यपि उक्त ठाउँमा सड़क ठूलो रहेकाले वाहनहरूको चलाचल सुचारू नै छ। तथापि यात्रा गर्दा वाहन चालक र यात्रु सतर्क हुन आवश्यक छ।
यसैगरी 29 माइलनजिक राजमार्गबिचै भल बगिरहेको छ। यद्यपि यस ठाउँमा यातायात बाधित बनेको छैन।
हेर्नुस् केही फोटो..