पहाड़लाई राम्रो बनाउन दोषारोपणको खेल बन्द गर्नुपर्छः अनित थापा

0
841

खरसाङ, ८ जुलाईः पहाड़लाई राम्रो बनाउन परस्परबिच दोषारोपणको खेल बन्द गरिनुपर्ने विनय तामाङपन्थी गोजमुमो महासचिव अनित थापाले बताएका छन्।

आज हिल-तराई प्राथमिक सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ताअवधि उनले यस्तो बताएका हुन्। यो भेटघाट नयाँ बजारस्थित टाउन हलमा भएको थियो।

यसअवधि थापाले भने, “चुनाउमा हार-जीत हुन्छ नै, तर पहाड़लाई कुन दिशा दिने, यही सोच लिएर हामी काम गर्दैछौँ। बिग्रेका व्यवस्था बनाउनु नै मेरो पहिलो उद्देश्य थियो ,जतिबेला मैले जीटीए सम्हाल्न थाले।”

उनका अनुसार पार्टी र मानिसहरूका सोचमा परिवर्तन ल्याउनुछ।

“पहाड़लाई बिगार्ने हाम्रै नेताहरू हुन्। सबैले आफ्नै फाइदा मात्र खोज्छन्”, दोषारोपणको खेल बन्द हुनुपर्छ भन्ने थापाले दोष्याए।

उनले पहाड़को शिक्षा व्यवस्था भताभुङ्ग रहेकाले यो व्यवस्थालाई ठीक पार्नुपर्ने बताउँदै आफूले पहाड़लाई लक्ष्यसम्म पुऱ्याउने दावी गरे।

यसैगरी उनले पहाड़का मुद्दा र आवाजलाई बचाउनका लागि क्षेत्रीय राजनीतिक दललाई बलियो बनाउनुपर्ने बताए।

“हामीले पहाड़मा गरेको राजनीति क्षेत्रीय राजनीति बचाउने राजनीति हो”, उनले थपे, “सरकारलाई थाह छ, पहाड़लाई शान्त राख्न र विकासतर्फ लैजानु हो भने क्षेत्रीय राजनीतिलाई टेवा दिनुपर्छ।”

यस कार्यक्रमलाई सङ्गठनका पदाधिकारीहरूले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here