स्ट्यान्डिङ कमिटीका अध्यक्ष पदबाट 8 भाजपा विधायकले दिए राजीनामा

0
897

कोलकाता, १३ जुलाईः भारतीय जनता पार्टीका आठजना सदस्यले आज सामूहिक रूपमा पश्चिम बङ्गाल विधानसभा अध्यक्षको कार्यालयमा गएर स्ट्यान्डिङ कमिटीका अध्यक्षका पदहरूबाट राजीनामा दिएका छन्।

राजीनामा दिनेमध्येका एक बीपी बजगाइँले जानकारी गराएअनुसार पब्लिक एकाउन्ट कमिटीमा विपक्षी पार्टीबाट अध्यक्ष पद दिनुपर्ने तथा विधानसभाको रुल्स एण्ड प्रोसिडिङ्ग्सको सेक्सन ३०२ अन्तर्गत समानुपातिक प्रतिनिधित्व हुनुपर्ने नियमलाई तृणमूल पार्टीको सरकारले उल्लङ्घन गरेकाले यसको प्रतिवादमा आठैजना भाजपा विधायकले स्ट्यान्डिङ कमिटीका चेयरम्यान पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूमा मनोज तिग्गा (चेयरम्यान, लेबर कमिटी), मिहिर गोस्वामी (चेयरम्यान, एस्टिमेट कमिटी), बीपी बजगाइँ (चेयरम्यान, पब्लिक वर्क्स एन्ड पीएचई कमिटी), कृष्ण कल्याणी, (चेयरम्यान, पावर एंड नन कन्भेन्शनल एनर्जी सोर्सेस कमिटी), निखिल रञ्जन दे, (चेयरम्यान, फिसरिज एन्ड एआरडी कमिटी), दीपक बर्मन (चेयरम्यान, आईटी एन्ड टेक्निकल एडुकेशन कमिटी), अशोक क्रिटानिया, (चेयरम्यान, सबोर्डीनेट लेजिस्लेसन कमिटी) र आनन्दमय बर्मन, (चेयरम्यान, पेपर्स लेड अन् द टेबल कमिटी) रहेका छन्।

उल्लेखनीय छ, उनीहरू सबैलाई ९ जुलाईका दिन चेयरम्यान घोषित गरिएको थियो।

राजीनामा दिएपछि आठैजना विधायकले विपक्षी नेता शुभेन्दु अधिकारीको नेतृत्वमा राज्यपाल जगदीप धनखड़सँग भेट गरी घटनाबारे जानकारी गराएका छन्।

साथै संविधान सुरक्षाका लागि उनीहरूले राज्यपालसमक्ष हस्तक्षेपको माग गरेको पनि खरसाङका विधायक बीपी बजगाइँले थप बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here