दुर्घटनास्थलमा उद्धार कार्यमा सक्रिय पुलिसकर्मी र हाइवे हिमालयन डिजास्टर म्यानेजमेन्टका सदस्यहरू। |
सिलगढ़ी, 20 सेप्टेम्बर : राष्ट्रिय राजमार्ग 10-मा बिहीवार सखारै वाहन दुर्घटना हुँदा वाहनका खलासीको घटनास्थलमै मृत्यु भएको छ। यो दुर्घटना राजमार्गमा पर्ने बिरिक डाँड़ा नजिक भएको छ। मृतक खलासीको नाम विक्रम साहेब (20) बताइएको छ। उनी सिलगढ़ीको चम्पासरी निवासी रहेको बताइएको छ।
आज भुसभुसे उज्यालोमै सिलगढ़ीबाट सिक्किम गइरहेको डब्ल्यूबी 73 सी 2676 नम्बरको पीकअप भ्यान दुर्घटना हुँदा खलासीको मृत्यु भएको पुलिसले बताएको छ। वाहन मूल सड़कबाट लगभग दुई सय फुट कल झरेको थियो। पुलिसका अनुसार यो दुर्घटना बिहान 4 देखि 5 बजीबीच भएको हो। दुर्घटनापछि वाहनका चालक बेपत्ता बनेका छन्।
हाइवे हिमालयन डिजास्टर म्यानेजमेन्टका सदस्यहरूको सक्रियतामा पुलिसले शव बरामद गरी पोस्ट मर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाएको बताइएको छ।