पाकिम, 14 जुलाईः कोरोना सङ्क्रमणको प्रसारलाई रोक्न आजदेखि पाँच दिनसम्म पाकिम बजार स्वेच्छाले बन्द रहनेछ।
कोरोनाको बढ़्दो सङ्क्रमणलाई ध्यानमा राखेर यसलाई रोक्ने उपाय स्वरुप स्थानीय मानिसहरूले पाँच दिन बजार बन्द राख्ने निर्णय लिएका हुन्।
पाकिममा आज हाट रहेकाले यहाँ जुट्ने भीड़ले सङ्क्रमणको प्रसार अझ व्यापक बन्ने आशङ्कापछि मानिसहरूले यो निर्णय लिएका हुन्।
बजार बन्द अवधि दूध दोकान र औषधि पसल मात्र खुल्ला रहनेछन्।
यद्यपि सरकारी कार्यालय र वाहनहरूका आवागमन भने सरकारी दिशानिर्देशका आधारमा नै चल्नेछ।
अर्कोतर्फ पाकिम पुलिसले आज स्थानीय मानिस, दोकानदार र सब्जी बिक्रेतालाई कोविड प्रोटोकल कड़ाइका साथ पालन गर्न निर्देश दिएको छ।