तारखोलामा बाइक दुर्घटना, आईआरबी जवानको मृत्यु

0
977

कालेबुङ, २० जुलाईः आज बिहान करिब ८.३० बजे राष्ट्रिय राजमार्ग १० अन्तर्गत तारखोलामा एसके ०१ पीबी ६६७१ नम्बरको इनफिल्ड बाइक र एसके ०१ डी २१७५ नम्बरको ट्रक ठोकिँदा बाइकमा सवार युवकको घटनास्थलमै मृत्यु भएको छ।

मृतक युवक इन्डियन रिजर्ब बटालियन (आईआरबी) दोस्रो बटालियनका जवान हुन्। मृतक जवानका नाम सुवास चन्द्र छेत्री (३१) बताइएको छ। उनी गान्तोकको मिडल स्यारीनिवासी हुन्।

पुलिसका अनुसार दक्षिण सिक्किमको थलथलेस्थित एनएचपीसी (लेन्को)-बाट ड्युटीबाट घरतर्फ फर्किरहेका थिए। त्यसै समय राष्ट्रिय राजमार्गअन्तर्गत तारखोलाको १० माइलमा उनी सवार बाइक र विपरीत दिशाबाट आइरहेको ट्रक ठोकिएका हुन्।

शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल लगिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here