खरसाङ, २१ जुलाईः अनित थापा जीटीए चुनाउ होस् भन्ने चाहन्छन्।
आज खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“जीटीएको चुनाउ हुनुपर्छ। चुनाउमा पक्षमा म छु। तर मैले चुनाउ गर भन्दा गर्ने होइन। सरकारको आ-आफ्नो सोच र विचार हुन्छ। सरकारले जे गर्छ, त्यो स्वीकार गरेर म अघि जान्छु”, थापाले भने।
यसगैरी उनले तृणमूल कङ्ग्रेससँग आफ्नो पार्टीको गठबन्धन यथावत रहेको पनि बताए।
यसैबिच थापाले पार्टीमा ‘पैह्रो’ गइरहेका कुरालाई खण्डन गर्दै मन दुखाएका एक-दुईजना युवाले मात्र राजीनामा दिएर अन्य पार्टीमा गएको बताए।
अर्कोतिर थापाले अहिलेघरी समष्टि कमिटीहरूसँग समीक्षा बैठक भइरहेको पनि जनाए।
उल्लेखनीय छ, अहिलेघरी अनित थापालाई समर्थन जनाउन आउनेहरूका भीड़ लागेको छ। पार्टीका विभिन्न समष्टि कमिटीले थापाको नेतृत्वलाई समर्थन गरिरहेका छन्।