भोलि दार्जीलिङको चौरस्तादेखि मोटर स्ट्याण्डसम्मका दोकानहरू बन्द रहने

0
978
(फाइल फोटो।)

दार्जीलिङ, २१ जुलाईः भोलि बिहीबार दार्जीलिङको चौरस्तादेखि मोटर स्ट्याण्डसम्मका दोकानहरू बन्द रहनेछन्।

यी दोकानहरू बन्द रहेको समय दार्जीलिङ नगरपालिका प्रशासनले यस क्षेत्रमा सेनिटाइज गर्ने भएको दार्जीलिङ-कालेबुङ हिमालयन टुरिज्म कन्फिग्रेशनका अध्यक्ष एसएन प्रधानले जानकारी गराएका छन्। तर, बिहीबार दार्जीलिङमा कुनै लकडाउन नरहेको पनि उनले स्पष्टीकरण दिएका छन्।

यी दोकानहरू बन्द रहेका समय गाड़ीहरूको चलाचल पूर्णरूपले खुल्ला रहने पनि उनले बताएका छन्।

भोलि बिहीबार दार्जीलिङमा लकडाउन हुन्छ भन्ने अफवाहबारे स्पष्टीकरण दिने क्रममा नै प्रधानले यो जानकारी गराएका हुन्।

यति मात्रै होइन, प्रधानले डबल भ्याक्सिन नलगाएका अनि 48 घण्टाअघि रेपिड एन्टिजेन टेस्टको रिपोर्ट नभएका पर्यटक आफ्नो गाड़ीमा चढ़ाउने गाड़ी चालकहरूविरुद्ध पनि पुलिसले कारबाही गर्ने भएको जानकारी गराएका छन्।

यसैकारण पर्यटक बोक्ने दार्जीलिङका गाड़ी चालकहरूले डबल भ्याक्सिन वा 48 घण्टाअघि रेपिड एन्टिजेन टेस्टको रिपोर्ट भएका पर्यटकहरूलाई मात्रै गाड़ीमा चढ़ाउने पनि उनले आह्वान गरेका छन्।

यति मात्रै होइन, उनले दार्जीलिङ अनि सिलगढ़ी तथा राज्यका अन्य स्थानहरूमा चलिरहेका एनबीएसटीसीका बसहरूलाई 50 प्रतिशतको क्षमतामा मात्रै यात्री बोक्ने नियम किन लागू गरिएको छैन? भन्ने पनि प्रश्न गरेका छन्।

यस विषयमाथि पनि पुलिसले शीघ्रै नजर राख्ने भएको उनको मत छ।

यसै विषयमाथि जोड़ दिँदै दार्जीलिङ होटल ओनर्स एसोसिएशनका अध्यक्ष साङ्गे भोटियाले पनि दार्जीलिङ पहाड़लाई कोरोनामुक्त बनाउने विषय लिएर होटल व्यवसायीहरूले जिल्ला र पुलिस प्रशासनसित म्याराथान बैठक गरिरहेको बताए।

उनले दार्जीलिङलाई कोरोनाबाट बचाउनको लागि प्रत्येकले आ-आफ्नो नैतिक जिम्मेवारी लिनपर्ने विषयमाथि पनि जोड़ दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here