बङ्गालबाट उत्तर बङ्गाल चुँड़िनु नै पीपीएसः बीपी बजगाइँ

0
1057

मिरिक, २२ जुलाईः खरसाङका भाजपा विधायक बीपी बजगाइँले बङ्गालबाट उत्तर बङ्गाल चुँड़िनु नै भाजपाले सङ्कल्प-पत्रमा वाचा गरेको स्थायी राजनीतिक समाधान अर्थात् पीपीएस रहेको दावी गरेका छन्।

आज मिरिक आएका उनले पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन्।

बजगाइँका अनुसार छुट्टै राज्यका पक्षधरहरूले उत्तर बङ्गाललाई लिएर चलिरहेको छुट्टै राज्यको आवाजलाई अवश्यै समर्थन गर्ने बताए।

 “हामी त बङ्गालबाट अलग हुन चाहन्छौँ; सिधा कुरा हो”, उनले भने। बङ्गालबाट उत्तर बङ्गाल चुँड़िनुपर्ने मागलाई आफूले मात्र होइन तर गोर्खाल्याण्ड चाहने सम्पूर्ण मानिसले समर्थन गर्ने ठोकुवा गर्दै बजगाइँले थपे, “भोलि पहाड़का तीन थुम्कामा गोर्खाल्याण्ड भयो भने पनि उत्तर बङ्गाल नै चुँड़िने हो; डुवर्सलाई लिएर भयो भने पनि उत्तर बङ्गाल नै चुँड़िने हो या त्यो भन्दा ठूलो भूभाग भयो भने पनि उत्तर बङ्गाल नै चुँड़िने हो।”

साथै अहिले चर्चामा रहेका छुट्टै उत्तर बङ्गालको नाम र क्षेत्रफल निर्धारित नभइहालेको बताउँदै केन्द्रले तर यसका लागि कार्य गरिरहेको यी भाजपा विधायकको दावी छ।

“कश्मीरबाट लद्दाख चुँड़ियो तर एकैदिन पनि चर्चा भएन, किनभने त्यो कूटनीतिक विषय थियो। यो पनि कूटनीतिक विषय हो”, पीबी बजगाइँले थपे, “काम हुँदैछ। हुन्छ कुनै समय।”

यसअवधि उनले पछिल्लो सत्र अवधि आफूले विधानसभामा उठाएका मुद्दाहरूबारे जानकारी पनि गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here