दार्जीलिङ, 22 जुलाईः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले कालेबुङ आञ्चलिक कमिटी र यसअन्तर्गतका जोनल कमिटीहरूलाई विघटन गरेको छ।
कालेबुङ आञ्चलिक कमिटीका केही नेतृत्व पार्टीविरुद्ध बयानबाजी र गतिविधिमा संलग्न रहेका साथै साङ्गठनिक रूपमा देखिएका कमजोरीहरूलाई ध्यानमा राखेर कालेबुङ आञ्चलिक कमिटीलगायत यसभित्रका सम्पूर्ण जोनल कमिटीलाई विघटन गरिएको पार्टीका केन्द्रीय प्रवक्ता गोविन्द छेत्रीले जानकारी गराएका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गरी छेत्रीले यसबारे जानकारी गराएका हुन्।
कालेबुङ आञ्चलिक प्रभारी गोविन्द छेत्रीले आगामी दिनमा सभाको आयोजन गरी कमिटी पुनर्गठन गरिने पनि विज्ञप्तिमा जनाइएको छ।
कमिटी पुनर्गठन नभएसम्मका लागि भीम गुरुङलाई पार्टी कार्यालय सञ्चालन र देखरेखका लागि प्रभारीको दायित्व दिइएको छ।