दार्जीलिङ, २४ जुलाईः दार्जीलिङ नगरपालिकाका तीनजना नगरपार्षद् गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमामा सामेल भएका छन्।
उनीहरू आज सामेल भएका हुन्। मोर्चा एकमा सामेल हुने नगरपार्षद्हरूमा वार्ड नम्बर २ की नगरपार्षदिका उषा विश्वकर्म, वार्ड नम्बर १३ की नगरपार्षदिका नीलम मुखिया येल्मो र वार्ड नम्बर ४ का पार्षद् चल्दन यल्मो छन्।
आज पातलेबासस्थित पार्टी कार्यालयमा विमल गुरुङले यी तीनैजनालाई झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाए।
मोर्चा एकमा सामेल भएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै चन्दन येल्मोले भाजपामाथि जहिल्यै लट्याउने काम मात्र गर्नेगरेका भाजपामाथिको विश्वास उठेको बताए।