दार्जीलिङ, २५ जुलाईः पछिल्ला केही दिनयता लगातार रूपमा युवाहरू गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमामा सामेल भइरहेका छन्।
यसैक्रममा आज दार्जीलिङ नगरपालिकाको २३ नम्बर वार्डअन्तर्गत गौशाला क्षेत्रको बौद्धग्रामबाट १४ युवा मोर्चा एकमा सामेल भएका छन्।
ती हुने ती युवाहरू यसअघि विभिन्न पार्टीमा संलग्न रहेको बताइएको छ।
आज पातलेबास पार्टी कार्यालयमा उनीहरूलाई विमल गुरुङले झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाए।