विमलपन्थी युमोद्वारा पोस्टरिङ-विधेयक पास गराऊ नभए राजीनामा देऊ

0
864

दार्जीलिङ, २५ जुलाईः अहिले चलिरहेको मनसुन सत्रमै केन्द्रको सत्तासीन भाजपा सरकारले स्थायी राजनीतिक समाधानको विधेयक पारित गर्नुपर्ने माग विमलपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाले गरेको छ।

यही माग गर्दै आज विमलपन्थी युवा मोर्चाले दार्जीलिङ चोक बजारमा पोस्टरिङ पनि गरेको छ।

पोस्टरमा भनिएको छ-भाजपा सरकार २०२४ सम्म होइन, २०२१ सदनको मनसुन सत्रमा नै स्थायी राजनीतिक समाधानको बिल पास गर नत्र जनता अघि झूटो कसम खाने अनि झूटो बोल्ने सांसद र विधायकले झट्ट राजीनामा देऊ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here