दार्जीलिङमा अनित थापाको शक्ति प्रदर्शन

0
881

दार्जीलिङ, 25 जुलाईः दार्जीलिङमा बस्नअघि अनित थापाले आज आफ्नो शक्ति प्रदर्शन गरे।

शक्ति प्रदर्शनकै लागि आज (आइतबार) उनको अगुवाईमा गोजमुमो-2-का कार्यकर्ताहरूले यहाँको रेलवे स्टेशनदेखि एक पदयात्रा पनि निकालेका थिए।

दार्जीलिङको रेलवे स्टेशनदेखि जज बजारको पार्टी कार्यालयसम्मको यो यात्राको अर्को मूल लक्ष्य जीटीएको मुख्यालय लालकोठी हो भन्ने पनि धेरैले अनुमान लगाएका छन्।

यसै लक्ष्यप्राप्तिका लागि आज अनित थापाले दार्जीलिङ पहाडका अन्य राजनीतिक पार्टीहरूसँगै सरकारलाई पनि आफ्नो शक्ति प्रदर्शन गरेका हुन् भन्ने धेरैको मत छ।

यस अवधि गोर्खा जनमुक्ति मोर्चा-2-का कार्यकर्ताहरूले नाराबाजी गर्दै अनित थापालाई अघि बढ़्ने हौसला पनि प्रदान गरे।

यसपछि उनी सोझै पुनः आजदेखि खोलिएको पार्टीको केन्द्रीय कार्यालयमा आएर पार्टीका कार्यवाहक अध्यक्षको चौकी सम्हाले।

यसका साथै उनले दार्जीलिङ पहाड़मा शान्ति, विकासलाई प्राथमिकता दिएर जनताको हितमा कार्य गर्दै अघि बढ़्ने सङ्कल्प पनि गरेका छन्।

स्मरण गराइन्छ, गोजमुमो-2-का पूर्व अध्यक्ष विनय तामाङले गत केही दिनअघि पार्टीबाट राजीनामा दिएपछि दार्जीलिङको जज बजारस्थित केन्द्रिय पार्टी कार्यालय पनि पूर्णरूपले बन्द गरिएको थियो। तर यो पार्टी कार्यालय पुनः आइतबारदेखि खोलिएको छ।

यसअघि पार्टी कार्यकर्ताहरूले सोनादादेखि दार्जीलिङसम्म अनित थापाकै समर्थनमा बाइक ऱ्याली पनि निकालेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here