दार्जीलिङ २६ जुलाईः पेम्बा शेर्पा (छोम्बे) र रिवाज मुखिया फेरि गोजमुमो दोस्रो खेमामा नै फर्केका छन्।
उनीहरू दुवैले आज पछिल्लो १९ जुलाईका दिन मोर्चा दुईबाट राजीनामा दिएका थिए।
पेम्बा शेर्पा (छोम्बे) घूम-जोरबङ्ग्लो समष्टिका उपाध्यक्ष र रिवाज मुखिया केन्द्रीय समिति सदस्य थिए।
आज उनीहरूले पार्टीको केन्द्रीय कार्यालयमा पार्टीका कार्यवाहक अध्यक्ष एवं महासचिव अनित थापासँग भेट गरी पुनः मोर्चा दुईमै फर्केका हुन्।