कालेबुङ, २६ जुलाईः पछिल्ला केही दिनयता लगातार रूपमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमामा सामेल हुने क्रम जारी छ।
आज यसै क्रममा अप्पर डुङ्ग्रा बस्तीको चिसोपानी क्षेत्रबाट १६ जना मोर्चा एकमा सामेल भएको बताइएको छ। सामेल हुनेहरू यसअघि मोर्चा दोस्रो खेमा र भाजपाका कार्यकर्ताहरू थिए।
आज कालेबुङ भ्रमणमा आइपुगेका विमल गुरुङले उनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाएका थिए।