टोक्यो, ३० जुलाईः टोक्यो ओलम्पिकमा भारतका लागि दोस्रो पदक पक्का भएको छ। बक्सर लवलिना बोरगोहेन ६९ किलोग्राम तौल वर्गको खेलमा सेमिफाइनल पुगेसँगै भारतका लागि अर्को पदक निश्चित भएको हो।
लवलिनाले चीनी ताइपेकी बक्सर चिन निएन चेनलाई ४-१ को अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान बनाएकी हुन्।
लवलिना अब सेमिफाइनमा २०१९ की विश्व च्याम्पियन एना लाइसेन्कोसँग भिड़्नेछन्।
वेटलिफ्टर मीराबाई चानुले टोक्यो ओलम्पिकमा रजत पदक जितेकी थिइन्।