माम खोलामा पैह्रोः एकको शव भेटियो, थप तीनजना बेपत्ता

0
966

कालेबुङ, ३० जुलाईः माम खोलामा गएको पैह्रोको चपेटमा परी ज्यान गुमाएका थप एकजना मजदुरको शव भेटाइएको छ।

ती रोहित तिर्की नाम गरेका ती मृतक मजदुर झारखण्डनिवासी रहेको बताइएको छ।

यसका साथै पैह्रोका कारण ज्यान गुमाउनेहरूका सङ्ख्या दुई पुगेको छ।

बिहान उद्धार गरी सिक्किमको सिङ्ताम अस्पताल उपचारका लागि लैजाने क्रममा नेपालनिवासी एक मजदुरको बाटैमा मृत्यु भएको छ। नेपालनिवासी ती मजदुरको नाम धनसिंह भण्डारी बताइए पनि ठेगाना खुलिएको छैन।

अर्कोतिर, पैह्रोको चपेटमा परी थप तीनजना बेपत्ता बनेको बताइएको छ। बेपत्ता बन्नेहरूमा माम खोलानिवासी विकास तामाङ र  तारखोलानिवासी अरुण राई छन्। एकको परिचय खुलिएको छ।

बेपत्ता बनेकाहरूका खोजी कार्य जारी छ। स्थानीय मानिसहरूका आज बिहान उद्धार गरिएकामध्ये दुईजनालाई सिक्किमको सिङ्ताम अस्पतालमा भर्ना गरिएको छ।

उल्लेखनीय छ, हिजो राति परेको मुसलधारे पानीका कारण माम खोलामा गएको पैह्रोले ठूलो क्षति पुऱ्याएको छ। विशेषगरी पैह्रोले राष्ट्रिय राजमार्ग १० र सेवक-रम्फू रेल परियोजनालाई क्षति पुऱ्याएका छन्।

पैह्रोकै कारण सिलगढ़ी-गान्तोक यातायात ठप्प बनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here