टोक्यो, ३० जुलाईः भारतीय ब्याडमिन्टन स्टार पी.भी. सिन्धु टोक्यो ओलम्पिकको सेमिफाइनलमा पुगेकी छन्।
५६ मिनटसम्म चलेको प्रतिस्पर्धामा उनले जापानकी अकाने यामागुचीलाई २१-१३, २२-२० –को अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान बनाएकी हुन्।
यसैले अब अर्को एक खेल जितेको खण्डमा सिन्धुले आफ्नो नाममा पदक पक्का गर्नेछिन्।
सिन्धु सेमिफाइनलमा पुगे लगत्तै पदकको आशा बढ़ेको छ। यदि उनले अर्को खेल जितेमा भारतको झोलीमा अर्को पदक पक्का हुनेछ।