नाम्ची, ३० जुलाईः दक्षिण जिल्लाका जिल्लापाल एम भरणी कुमारले आज जिल्लाका विभिन्न पैह्रो प्रभावित स्थालको भ्रमण गरे।
यसअवसरमा उनीसँग मुख्यमन्त्रीकी अतिरिक्त राजनीतिक सचिव अजिता रजालिम, सुम्बुकका बीडीओ र दक्षिण जिल्लाका डीपीओको पनि सहभागिता रहेको थियो।
जिल्लापालले पैह्रोका कारण केराबारी, चालिसे अनि मल्ली बजारमा भएको क्षतिबारे जानकारी लिए।
मल्ली बजारतर्फ जाने सडक मार्गलाई पैह्रोका कारण चुँड़िएपछि राज्यका अन्य भाग र पश्चिम बङ्गालसितको सम्पर्कबाट मल्ली विच्छेद भएको छ।
हिजो रातिको मुसलधारे पानीले मल्ली सरकारी उच्चतर माध्यमिक विद्यालय र एसबीएस मल्लीमा क्षति पुगेको छ।
ढल निकासी व्यवस्थानका लागि बनाइएका नाला भरिएका कारण आवासीय क्षेत्र र पूर्वाधार निर्माण गरिएका स्थानमा पानी पसेर क्षति पुगेको छ।
जिल्लापाले सम्बन्धित अधिकारीलाई घर-घर गएर क्षति बारे आकलन गर्न निर्देश दिए।
विभिन्न स्थानमा भल र लेदो पस्नसितै पैह्रोले उब्जाएको त्रसादीपछि राहत कार्यका क्रममा पुलिसले पुरिएको अवस्थामा ज्ञानबहादुर सुब्बाको शव फेला पारेको छ।
पैह्रोले क्षति पुर्याएका तीनवटा घरलाई खाली गराएर परिवारलाई हतकर्घा भवनमा सारिएको छ।
पैह्रोले अन्य आठ घरलाई पनि क्षति पुगेको छ।