खरसाङ, ३१ जुलाईः खरसाङको सिङ्गेल चियाकमाननिवासी शैलेन्द्र देवानले प्राणी विज्ञानमा विद्यावारिधि (पीएचडी) पूरा गरेका छन्।
सिक्किम विश्वविद्यालयको प्राणी विभागबाट विद्यावारिधि पूरा गर्ने पहिलो शोधार्थी पनि हुन्।
देवानले “Butterfly communities along the elevation Gradient of Sikkim: Distribution pattern and phylogeny of select species” शीर्षकमा डा. भोज कुमार आचार्य र डा. सुदीप घतानीको देखरेखमा विद्यावारिधि पूरा गरेका हुन्।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा धेरै अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। साथै शोधका लागि उनले धेरै प्रतिष्ठित संस्थानहरूबाट कोष प्राप्त गरेका छन्।
देवानले बेलायतको कन्जर्भेसन अव् नेचरबाट प्रतिष्ठित रफोर्ड स्मल ग्रान्ट पनि प्राप्त गरिसकेका छन्।
यति मात्र होइन शैलेन्द्र देवान क्रमैले वर्ष २०१८-मा राष्ट्रिय युवा वैज्ञानिक र २०१९ मा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कारबाट सम्मानित भएका थिए।
हाल उनी नेशनल मिशन फर हिमालयन स्टडिज प्रोजेक्टमा सिनियर रिसर्च फेलोको रूपमा कार्यरत छन्।