क्रामाकपा नारी एकाईकी अध्यक्षाले दिइन् राजीनामा

0
905

दार्जीलिङ, 3 अगस्तः  क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को नारी एकाई गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चा (गक्रानामो) अध्यक्षा विन्द्या डुक्पाले पार्टीबाट राजीनामा दिएकी छन्।

उनले आज पार्टीबाट राजीनामा दिएकी हुन्।

पार्टीकी संस्थापक सदस्या डुक्पाले पार्टीमा तानाशाही नीति चल्न थालेको अनि पार्टीले भाजपालाई गत चुनाउमा कुटनीतिक रूपमा समर्थन होइन, समर्पण नै गरेको स्पष्ट भएपछि नै उनले आफू पार्टीमा बस्नुको कुनै औचित्य नरहेको देखेपछि पार्टीका सम्पूर्ण पद र प्राथमिक सदस्यताबाट पनि राजीनामा दिएको स्पष्ट पारिन्।

डुक्पाका अनुसार उनले पार्टीलाई आफ्नो राजीनामा-पत्र अघिबाटै दिएकी थिइन्। तर, त्यसको उत्तरबाट पनि उनी सन्तुष्ट हुन सकिनन्। यो पनि राजीनामा दिनुका अर्को मूल कारण रहेको उनको भनाइ छ।

उल्लेखनीय छ, हाल क्रामाकपाका सदस्यहरूले पार्टी छोड़्ने क्रम जारी छ।

कालेबुङका धेरैजना सदस्यले पनि पार्टीबाट राजीनामा दिइसकेका छन्।

स्मरण रहोस् 28 अप्रेलका दिन पार्टीका एक सशक्त नेता किशोर प्रधानले क्रामाकपाबाट राजीनामा दिएका थिए। केही दिन कालेबुङका आञ्चलिक समितिका प्रभावशाली नेता विक्रम छेत्रीले पनि क्रामाकपा छाड़ेका थिए।

विक्रम छेत्रीले क्रामाकपाबाट राजीनामा दिएकै केही दिनपछि कालेबुङ टाउन कमिटीका ६ जना तथा टिस्टा र नाजोक शाखाका ८ जना क्रामाकपाबाट राजीनामा दिइसकेका छन्।  

यसैबिच आज राजीनामा दिएका विन्द्या डुक्पाले थपिन्, “लोकसभा चुनाउमा क्रामाकपाले भाजपालाई कुटनीतिक रूपमा समर्थन जनाएको सोच बनाएर नै हामीले पनि भाजपालाई समर्थन जनाएका थियौँ। तर, अहिले पार्टीका नीति अनि सिद्धान्तहरू हेर्दा पार्टीले भाजपालाई कुटनीतिक समर्थन होइन, भाजपामा पूर्ण समर्पण भएको बुझिँदैछ। यसैले कारण पार्टीका कार्यकर्ताहरूलाई यो सह्य भएन। यसैले हामीले एकपछि अर्को गरी पार्टी छोड़ेका हौँ।“

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here