शीघ्र वार्ताको माग गर्दै आरबी राईले लेखे गृहमन्त्रीलाई पत्र

0
1341
(फाइल फोटो)।

दार्जीलिङ, ४ अगस्तः भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो सङ्कल्प-पत्रमा वाचा गरिएका दुवै मुद्दाको समाधानका लागि शीघ्र केन्द्र सरकारले वार्ता शुरू गर्नुपर्ने माग क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गरेको छ।

यसै क्रामाकपा क्रामाकपा अध्यक्ष आरबी राईले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका छन्। आज पत्रकार सम्मेलन पार्टी प्रवक्ता गोविन्द छेत्रीले यसबारे जानकारी गराएका हुन्।

राईले गृहमन्त्रीलाई लेखेको पत्रमा विशेषगरी पछिल्ला दिनहरूमा भेटवार्ताहरू जारी रहनुपर्ने तथा यो मनसुन सत्रभित्र वार्ता हुनसके अझ राम्रो हुने कुरा उल्लेख गरेको पनि छेत्रीको भनाइ छ।

अर्कोतिर एक प्रश्नको उत्तरमा गोविन्द छेत्रीले आउँदा दुई-चार दिनमा गृहमन्त्रीलाई गरेको पत्राचारको निश्चित प्रत्युत्तर आउने दावी पनि गरे।

उनका अनुसार भाजपाले गोर्खाहरूलाई सङ्कल्प-पत्रमा गरेको वाचा पूरा गर्ने यो उपयुक्त समय हो, किनभने संसदका दुवै सदनमा भाजपा बहुमतमा छ। यसैबिच छेत्रीले गोर्खाहरूका स्थायी राजनीतिक समाधान क्रामाकपाका लागि केवल छुट्टै राज्य गोर्खाल्याण्ड रहेको पनि दोहोऱ्याए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here