सिलगढ़ी, ९ अगस्तः नेपाली भाषा र साहित्यको दीर्घकालीन सेवा गर्दै आइरहेका वरिष्ठ कथाकार समशेर अलीलाई २०२० वर्षको लैनसिंह बाङ्देल स्मृति पुरस्कार प्रदान गरिने भएको छ।
६०-कै दशकदेखि साहित्यमा कलम चलाउँदै आइरहेका समशेर अलीले भारतीय नेपाली साहित्यलाई अहिलेसम्म उनले बीउ भाले (२०१०) सोल्दाती गोर्खा मोल्तो ब्योनी (२०१४) हुट्टिट्याउँ (२०१९) गरी तीनवटा कथा सङ्ग्रह प्रकाशित छन्।
त्यसैगरी उनका आफरिन (२०२१) प्रेसमा छ।
१९७० कालेबुङबाट प्रकाशित साहित्य सङ्केतमा ‘दुई थोपा आँशु कविताबाट आफ्नो लेखन यात्रा शुरू गरेका उनका कथा अनि कविता पाठ्यक्रम पनि समावेश गरिएको छ। उनी धेरै संघ संस्थाद्वारा सम्मानित पनि भइसकेका छन्।
लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानको हिजो बसेको भर्चुअल बैठकमा उपस्थित सभापति धनलाल रामुदामु, उपसभापति सन्तोष चन्द्र दर्नाल, मूलसचिव सञ्जीव गुरुङ, सहसचिव अरुण राई, कोषाध्यक्ष खड्ग गुरुङ, सल्लाहकार राजा पुनियानी, संरक्षक विकास कार्की, प्रा. अशेष लिम्बू , कमल र अजय थापाले लिएका निर्णयका अनुसार, आफ्नो समयमा नेपाली भाषाको विकासमा आकाशवाणी खर्साङ र आकाशवाणी गान्तोकबाट रेडियोको माध्यमद्वारा उत्कृष्ट सेवा गर्ने, स्टोन हार्ट जस्तो कालजयी कथा लेख्ने श्रीमती देविका मोक्तानलाई प्रभात साहित्य सम्मान आफ्नो स्थापनाकालदेखि नै कलकत्ता नेपाली समाजको सेवामा समर्पित अनि वैश्विक महामारी कोरोना कालको शुरूदेखि अहिलेसम्म, आफ्नो ज्यानको पर्वाह नगरी मानव सेवामा समर्पित श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घ कलकत्तालाई वीर खड्ग बहादुर बिष्ट सम्मानले, धनुर्धारी परिल लेप्चा, जसले राष्ट्रिय स्तरमा धेरै स्वार्ण पदक जितेर समाजलाई उन्नत गरेकोमा अनि विशिष्ट समाजसेवी डी. बी. सिंहलाई पनि सम्मानित गरिनेछ।
स्मरण रहोस्, लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्दै आइरहेको छ।
प्रतिष्ठानले समाजका विशिष्ट व्यक्तिहरूलाई सम्मानलगायत कला र साहित्यको क्षेत्रमा काम गरिरहेका स्रष्टाहरूलाई पुरस्कृत पनि गरिरहेको छ, जसमा राजनारायण प्रधान, झमक घिमिरे, हेमु राई र अमिर सुन्दास प्रमुख हुन्।
प्रतिष्ठानले ५०-को दशकमा बाङ्देलद्वारा सम्पादित, प्रकाशित प्रभातको पनि प्रकाशन गरिरहेको छ।