विमल-विनयको बैठकले दार्जिलिङको राजनीतिमा नयाँ ‘ट्विस्ट’

0
1063
(फाइल फोटो)।

दार्जिलिङ, ११ अगस्तः दार्जिलिङको राजनीतिमा नयाँ समीकरणको सम्भावनाबिच आज साँझ विमल गुरुङ र विनय तामाङमाझ बैठक सम्पन्न भएको छ।

स्थानीय पत्ताबुङस्थित गेस्ट हाउसमा यी दुईबिच करिब एक घण्टा बैठक भएको हो। बैठक कुन विषयमा भएको हो, सो खुलिएको छैन।

बैठकपछि दुवै नेताले यसबारे केही बताउन चाहेनन्।

बैठकपछि घर पुगेका विनय तामाङले आफूले विमल गुरुङसँग वान टु वान बैठकमा विभिन्न विषयमा चर्चा परिचर्चा गरेको पनि जानकारी गराए। साथै आउँदा दिनमा गोर्खा जातिका समस्या समाधानका लागि के कसरी काम गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल गरिएको तामाङको भनाइ छ।

यद्यपि उनले बैठकका मुख्य कुराकारी भने सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

यसैबिच, विमल गुरुङ र विनय तामाङबिच आज सम्पन्न बैठकले दार्जिलिङको राजनीतिमा नयाँ ट्विस्ट आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here