दार्जिलिङ नगरपालिकालाई नगरनिगम बनाइनुपर्ने माग

0
887

दार्जिलिङ, १४ अगस्तः कोलकाता भ्रमणमा रहेको विमलपन्थी युवा मोर्चा टोलीले आज शहरी विकास अनि नगरपालिका मामिला मन्त्री चन्द्रिमा भट्टाचार्यसँग भेट गरी दार्जिलिङ नगरपालिकालाई नगरनिगम बनाइनुपर्ने माग राखेको छ।

यति मात्र होइन, यो टोलीले मन्त्री भट्टाचार्यलाई दार्जिलिङ नगरपालिकामा वर्तमानमा कुनै पनि बोर्ड नभएकाले धेरै समस्या झेलिरहेको जानकारी गराउनका साथै नगरपालिकका दैनिक ज्यालामा कार्यरत कर्मचारीहरूका वेतनसम्बन्धी बन्दोबस्त र व्यवस्थापन गरिनुपर्नेलगायत रिक्त रहेका पदहरूमा चाँड़ै नियुक्ति दिनुपर्ने माग राखेको छ।

यी विविध कारणले गर्दा शहरवासीले विभिन्न समस्याका सामना गर्न परिरहेकाले यसमाथि गहिरो चिन्तन-मनन साथै दार्जिलिङ नगरपालिकालाई सुदृढ़ीकरण गरिदिने निवेधन पनि गरेको छ।

मन्त्रीलाई भेट्न गएको टोलीमा युवो केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, महासचिव नमन राई, केन्द्रीय समिति सदस्य पुरन तामाङ, जाहिद खान, एलन छेत्री आनन्द राई, दार्जिलिङ नगरपालिका कर्मचारी सङ्गठनका सभापति प्रणय शर्मा, सचिव अनुप लामा र आशिष सिंह सामेल थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here