गोर्खा लीगको प्रश्न- राजुको झुटलाई गठबन्धनले कतिदिन ढाकछोप गर्ने?

0
1038

दार्जिलिङ, १४ अगस्तः सांसद राजु बिष्टले भनेअनुसार १२ अगस्तभित्र त्रिपक्षीय वार्ताका लागि पत्र नआएपछि भारती गुट गोर्खा लीगले ‘राजु बिष्टलाई झूटो’ ठहऱ्याउँदै दार्जिलिङ र कालेबुङमा आज पोस्टरिङ गरेको छ।

‘राजुको झुटलाई गठबन्धनले कतिदिन ढाकछोप गर्ने? कतिदिन भाजपाको चापलुसी गर्दै जनतालाई धोका दिने?’, पोस्टरमा लेखिएको छ, ‘महाकाल बाबालाई गोर्खाल्याण्ड भनेर ढाँट्ने राजु बिष्टले त्रिपक्षीय वार्ता विषय पनि जनतालाई ढाँटेकै हो?’

यति मात्र होइन, जनाकांक्षा भनेको राजु बिष्ट र गठबन्धन मात्रको विषय नरहेको तथा उनीहरूले मात्र मुद्दालाई प्रतिनिधित्व गर्न नसक्ने पनि गोर्खा लीगले पोस्टरमार्फत बताएको छ।

उल्लेखनीय छ, केही दिनअघि राजु बिष्टको नेतृत्वमा गठबन्धनको एक प्रतिनिधि टोलीले केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको थियो। उक्त भेटवार्तामा गृहमन्त्रीले दार्जीलिङ पहाड़, तराई पनि डुवर्सको स्थायी राजनीतिक समाधानका लागि आउँदो सेप्टेम्बर महिनाको पहिलो साता त्रिपक्षीय वार्ता बोलाउने आश्वासन दिएको तथा यसका लागि १२ अगस्तभित्र गृह मन्त्रालयले आधिकारिक पत्र पठाउने राजु बिष्टले दावी गरेका थिए। तर, राजु बिष्टले तोकेको मितिभित्र त्रिपक्षीय वार्ताका लागि गृह मन्त्रालयबाट कुनै पत्र नआएपछि आज भारती गुट गोर्खा लीगले कालेबुङ र दार्जिलिङमा पोस्टरिङ गरेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here