२० अगस्त मोर्चा दुई-को बैठक, पार्टी घोषणाको सम्भावना

0
964
(फाइल फोटो)।

दार्जिलिङ, १४ अगस्तः अनित थापाहरूले आउँदो २० अगस्तका दिन एक बैठक गरी ठूलो घोषणा गर्ने सम्भावना बाक्लिएको छ। किनभने, यस दिन अनित थापाहरूले स्थानीय एक होटलमा एक बैठक गर्ने चाँजो मिलाएको छ।

यसै बैठकबाट पार्टीको नाम घोषणा हुनसक्ने सम्भावना पनि छ।

साथै पार्टीको रूपरेखा पनि यसै बैठकमा तय गरिने भएको पार्टीका प्रवक्ता केशवराज पोख्रेलले जानकारी गराएका छन्।

विशेष गरी गोर्खा जनमुक्ति मोर्चा दुई-बाट विनय तामाङले राजीनामा दिएपछि नै अनित थापाहरूले आफ्नो नयाँ पार्टी बनाउने पहल शुरू गरिसकेका छन्।

यस विषयमा पार्टीभित्र व्यापक चर्चा-परिचर्चा पनि भइरहेको छ।

यति मात्रै होइन, पार्टीको नामबारे पनि निकै मन्थन भइरहेको पार्टी सूत्रबाट जानकारी पाइएको छ। यसैले आगामी 20 अगस्तका दिन नै नयाँ पार्टीको नाम पनि घोषणा हुनसक्ने सम्भावनालाई अहिले नै नकार्न सकिँदैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here