मिरिकमा घर जलेर खरानी, लाखौंको क्षति

0
1872
आगोको लपेटामा ओकाइटी निवासी आरपी गौतमको घर। 

मिरिक , १९ सेप्टेम्बर : बुधवार मिरिकको ओकाइटी चियाबगानमा भएको अग्निकाण्डको चपेटमा परी एउटा घर पूर्ण रूपले खरानी बनेको छ। यो घटना ओकाइटी चियाबगानको सात दोबाटेस्थित वार्ड नम्बर ३-मा भएको हो। आगोले स्थानीय निवासी आरपी गौतमको ( रामप्रसाद गौतम ) – घर जलेर स्वाहा भएको छ। पीड़ित आरपी गौतम मिरिक डाक घरका कर्मचारी हुन् । घटनाको समय उनी ड्युटी गएका थिए। घरमा उनकी श्रीमती मात्र थिइन्। बताइएअनुसार उनकी श्रमीमती पनि घटनाको समय बारीमा काम गरिरहेकी थिइन्। यो अग्निकाण्ड बिहान प्रायः १०: ३० बजी भएको बताइएको छ।
आगो कसरी लाग्यो त्यो निश्चित छैन। यद्यपि आगो लागेपछि घरभित्र रहेको सिलिण्डर पड़्केपछि आगोले उग्र रूप लिएको हो। आगोले ठूलो घर, भान्साघर र छेवैमा रहेको कटेरो जलेर खरानी बनेको छ। घरमा आगलागी भएको खबर फोनमार्फत  पाएको र लगत्तै फर्केर घर आइपुग्दा घरभित्र रहेका सबै सरसामग्री जलेर खरानी भइसकेको पीडित आरपी गौतमले बताए । उनका अनुसार साढ़े तीन लाख- चार लाख नगद राशि, तीन-चार तोला सुनसहित अन्य सामग्री जलेर खरानी भएको छ। आगलागीको खबर सुनेलगत्तै अग्निशमन विभागका दमकल र कर्मचारीहरू घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरे तापनि त्यसबेलासम्म पीड़ित आरपी गौतमको घर खरानी भइसकेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here