विमलपन्थी युमोले भेट्यो पञ्चायत मन्त्री-“पञ्चायत चुनाउ नभएकाले सर्वसाधारण मर्कामा”

0
886

दार्जिलिङ, १६ अगस्तः हाल कोलकातामा रहेको विमल गुरुङपन्थी युवा मोर्चाको टोलीले आज राज्यका पञ्चायत मन्त्री सुब्रतो मुखर्जीसँग भेट गरी जीटीए क्षेत्रमा आजसम्म त्रिस्तरीय पञ्चायत चुनाउ हुननसकेका कारण सर्वसाधारण मर्कामा परेको जानकारी गरायो।

साथै मन्त्री मुखर्जीसमक्ष पहाड़मा पञ्चायत चुनाउ नहुनु मौलिक अधिकारको हनन हो तर्क राखेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।

विज्ञप्तिमा दावी गरिएअनुसार मन्त्रीले पहाड़मा पञ्चायत चुनाउ गराउनु सरकारको जिम्मेवारी रहेकाले यसलाई कार्य रूपमा परिणत गर्ने टोलीलाई आश्वासन दिएका छन्।

यति मात्र होइन, टोलीले मन्त्री मुखर्जीलाई कालेबुङ जिल्ला र मिरिक महकुमा बनेपछि पनि पूर्ण रूपमा कार्य हुन नसकिरहेको अवस्थाबारे पनि जानकारी गरायो। साथै खण्ड विकास कार्यालयहरू बढ़्नुपर्ने माग पनि राख्यो।

विज्ञप्तिमा उल्लेख गरेअनुसार पञ्चायतकर्मीहरूका अभावका रहेकाले चाँड़ोभन्दा चाँड़ो थप कर्मचारीहरू नियुक्तिको माग कर्मर्चारी नियुक्तिको माग पनि गरेको छ।

युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ र महासचिव नमन राईको नेतृत्वमा गएको टोलीलाई पञ्चायत मन्त्री सुब्रतो मुखर्जीले यी सबै विषय मन्त्रिपरिषद्को बैठकमा राख्ने वचन दिएको पनि विज्ञप्तिमा थप बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here