कालेबुङमा आधार सेवा केन्द्रको उद्घाटन

0
894

कालेबुङ, १८ अगस्तः कालेबुङमा आधार सेवा केन्द्रको उद्घाटन भएको छ। सांसद राजु बिष्टले यो केन्द्रको उद्घाटन गरेका हुन्।

आज उद्घाटित यो आधार सेवा केन्द्र प्रिमताम रोडस्थित साई मन्दिर नजिक छ।

कालेबुङमा आधार सेवा केन्द्रको स्थापना भएपछि आधार लिङ्क र यससम्बन्धी समस्याहरू समाधान गर्न अत्यन्त सजिलो हुने भएकौ छ।

विशेषगरी गाउँ बस्ती र सिन्कोना, चियाकमान तथा वनबस्तीका मानिसहरूले आजका दिनसम्म आधार कार्ड बनाउन, यसलाई लिङ्क र यसमा रहेका भूलहरू संशोधनका लागि जुन समस्या भोग्दै आएका थिए, त्यो समाधान हुने भएको छ।

यसैबिच सांसद बिष्टले आज कालेबुङमा उद्घाटन भएको आधार सेवाको केन्द्रको क्षमता १२० जनाको रहेको र आगामी दिनमा यसलाई बढ़ाएर ३०० गरिने पनि बताए।

यसका साथै दार्जिलिङमा पनि आउँदो १०-१५ दिनभित्र आधार सेवा केन्द्र सञ्चालनमा आउने बताएका छन्। बिष्टका अनुसार दार्जिलिङको बोक्सी झोड़ानजिक आधार सेवा केन्द्र स्थापित गरिँदैछ।

सिलगढ़ीमा अघिबाटै आधार सेवा केन्द्र शुरू भइसकेको छ।

उल्लेखनीय छ, दार्जिलिङ र कालेबुङ, सिलगढ़ी क्षेत्रका मानिसहरूले आधार कार्डसम्बन्धी झेलिरहेका समस्याहरूलाई ध्यानमा राखेर सांसद राजु बिष्टले युनिक आइन्डेटिफिकेशन अथोरिटी अव् इन्डिया (यूआईडीएआई)-समक्ष यी तीनवटै ठाउँमा आधार सेवा केन्द्र स्थापनाको पटक पटक अनुरोध गरेका थिए।

यता आज कालेबुङमा आधार सेवा केन्द्रको उद्घाटन भएपछि उनले यूआईडीएआईलाई धन्यवाद दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here