एफआईआर किर्ते, सिक्किमे नागरिक समाजविरुद्ध कारबाही गरिनुपर्ने डोन्सी लामाको माग

0
873

गान्तोक, 22 अगस्तः सिक्किमे नागरिक समाजले हिजो ‘किर्ते’ प्राथमिकी (एफआईआर) सार्वजनिक गरेर आफ्नो मानहानि गरेको दावी गर्दै डोन्सी लामाले सिक्किमे नागरिक समाजका सदस्यहरूलाई पुलिसले तत्काल पक्राउ गर्नुपर्ने माग गरेकी छन्।

सिक्किमे नागरिक समाजले पत्रकार सम्मेलनका अवसरमा पीडितको नाम उल्लेख नगरेको तर उनीहरूले मिडियालाई सार्वजनिक गरेको उक्त एफआईआरको कपीमा आफ्नो नामको रहेको थाह लागेपछि सिक्किमे नागरिक समाजविरुद्ध हिजो नै सदर थानामा  प्राथमिकी दर्ता गरेको डोन्सी लामाले बताइन्।

लामाले सदर थामा पासाङ ग्याली शेर्पा, छितेन टाशी भोटिया, भरत बस्नेत र अन्यविरुद्ध एफआईआर दर्ता गराएको जानकारी दिइन्।

आज गान्तोकस्थित जर्नलिस्ट युनिय अव् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जेकब खालिङलाई क्लिन चिट दिएकी छन्।

साथै डोन्सीले आफ्नो नजरमा जेकब खालिङ सधैँ सम्मानित व्यक्ति रहेको बताइन्।

उनले भनिन्, “नागरिक समाजले हिजो सार्वजनिक गरेको एफआईआरकै सम्बन्धमा मलाई 15-16 जुलाईमा सदर थानाबाट इन्क्वारी भएको थियो। मैले त्यस समय सदर थानामा गएर यसबारे जानकारी पाएपछि   उक्त किर्ते एफआईआरको विरोधमा 20 जुलाईका दिन सदर थानामा जेनेरल डाइरी पनि दर्ता गराएकी छु। त्यस समय मलाई उक्त किर्ते एफआईआरविरुद्ध न्यायालय जाने अधिकार पनि थियो। तर, बाबा बिमार भएर सिलगढ़ी जानु परेकीले न्यायालय जान सकिनँ। अहिले आएर त्यही किर्ते एफआईआरको प्रतिलिपि सार्वजनिक गरेर मेरो मानहानि गराउने प्रयास सिक्किमे नागरिक समाजबाट भएपछि उनीहरूविरुद्ध सदर थानामा हिजो साँझ नै प्राथमिकी दर्ता गराएकी छु।”

सिक्किमे नागरिक सामजसित सम्बन्धी लगभग सबै सदस्य आफूसित परिचित भएर पनि कथित एफआईआरलाई सार्वजनिक गर्न अघि यसको सत्यताबारे आफूसित जानकारी लिने प्रयास उनीहरूले नगरेको डोन्सीले आरोप लगाएकी छन्।

उनले भनिन्, “नागरिक समाजका सदस्यहरूले उक्त विषयमा मलाई सम्पर्क गरेर क्रस भेरिफिकेशन गर्न सक्नेथिए, तर यो प्रयास गरेनन्। पासाङ शेर्पालाई त म पनि युथ आइकन नै मान्थेँ तर उनले कसैको काँधमा बन्दुक राखेर के गर्न खोजेका हुन मैल बुझिन्।”

हिजो सिक्किमे नागरिक समाजले गरेको पत्रकार सम्मेलनपछि आफ्ना घर-परिवार र समाजको सबैपक्षबाट आफूमाथि प्रश्न उठ्न र दबाव बढ्न थालेपछि पत्रकार सम्मेलन गर्न बाध्य बनेको उनले बताइन्।

सिक्किमे नागरिक समाजको कारण समाजअघि आफ्नो छवि धुमिल भएको बताउँदै डोन्सी लामाले आफ्नो शिर उठाउन र धुमिल भएको छविलाई फिर्ता दिलाउन नागरिक समाजले अब के गर्नेछ भन्ने पनि प्रश्न गरिन्।

सिक्किमे नागरिक समाजले उनीहरूबाट भएको गल्ती स्वीकार गर्छन्?” डोन्सीको प्रश्न छ।

आफ्नो नाममा रहेको जुन एफआईआर सार्वजनिक भएको त्यसमा उल्लेखित सबै विषय मनगढ़न्ते हुन् भन्ने दावी गर्दै लामाले नागरिक समाजविरुद्ध चाँड़ो कारबाही गर्दै पक्राउ गर्नुपर्ने माग गरेकी छन्।

कुनै पनि सङ्गठनमा हुने कुरा एक व्यक्तिको निर्णयमा भर नपर्ने बताउँदै उनले आफ्नो मानहानि गराउन पासङ शेर्पा मात्र नभए सिक्किमे नागरिक समाजका सम्पूर्ण सदस्यलाई जिम्मेवार ठहर गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here