सड़क दुर्घटनामा परी ज्यान गुमाउनेहरूलाई विमलले सम्झिए, भने – हामीले उनीहरूको बलिदान इतिहासको एउटा अमेट पन्ना मानेर राखेका छौं

0
1580
गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)। 

खरसाङ,  १९ सेप्टेम्बर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –का प्रमुख विमल गुरुङले पछिल्लो वर्ष आजैको दिन सड़क दुर्घटनामा परी ज्यान गुमाउने सीमा मोक्तान, लक्ष्मी सुब्बा, पूर्णिमा राई र आइतु माया गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानलाई गोजमुमोले सधैँ  स्मरण गरिरहने बताएका छन्। स्मरणरहोस्, १९ सेप्टेम्बर २०१७ दिन अनिश्चितकालीन पहाड़को ९७औं दिनमा बन्दबाट प्रभावित धोत्रे वनबस्तीका मानिसहरूलाई दार्जीलिङ साई समितिको तर्फबाट खाद्यान्न वितरण गरी फर्किरहेको बेला मानेभञ्ज्याङ नजिक वाहन दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको थियो।
बुधवार एक अज्ञात स्थानबाट प्रेस विज्ञप्ति जारी गुरुङले भनेका छन्, “गोर्खाल्यान्डका लागि समर्पित जनताहरूको खाद्यान्न चिन्ता गरी एक महान् काममा उनीहरूले ज्यान गुमाउनु परेको घटनालाई हामीले बलिदानी इतिहासको एउटा अमेट पन्ना मानेर राखेका छौं।’’
विज्ञप्तिमा गुरुङले विज्ञप्तिमा गोर्खाल्यान्ड आन्दोलनलाई बिथोल्नेहरूप्रति कटाक्ष गर्दै राज्य सरकार र यसका पैसा र इशारामा चल्नेहरूले गोर्खाल्यान्ड आन्दोलनलाई बिथोल्ने काम जति नै गरे तापनि ती बलिदानी अनि शहीदहरूको सपना अवश्यै पूरा हुने बताएका छन्। उनले भनेका छन्, “आफ्नो माटोमा आफ्नै चारकुने आँगनको सपना देख्नेहरूले यो माटोको निम्ति विभिन्न प्रकारले बलिदान दिएका छन्। गोर्खाल्यान्ड आन्दोलनको इतिहासमा यस्ता सबै बलिदान स्वर्ण अक्षरले लेखिनेछ।”  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here