गायत्री मुखिया र शङ्खमणि राईसहित अन्य दिए मोर्चा २ बाट राजीनामा

0
886

कालेबुङ, २४ अगस्तः कालेबुङमा गोजमुमो -२ लाई फेरि झट्का लागेको छ।

पार्टीका कालेबुङ जिल्ला समिति महासचिव गायत्री मुखिया र उपाध्यक्ष शङ्खमणि राईलगायत अन्यले आज राजीनामा दिएका छन्।

राजीनामा दिनेमा ३३ नम्बर समष्टि युवा मोर्चा अध्यक्ष आदोङ लेप्चा पनि छन्। त्यसैगरी अन्य कार्यकर्ताले पनि राजीनामा दिएका छन्।

पार्टीभित्र धेरै वैचारिक मतभेद भएपछि नै मोर्चा 2 बाट राजीनामा दिएको गायत्री मुखियाले बताएकी छन्।

उनी ३३ नम्बर समष्टिका इञ्चार्ज पनि थिइन्। आज मोर्चा २ बाट राजीनामा दिँदै अबउसो विनय तामाङलाई समर्थन गर्ने पनि उनले घोषणा गरेकी छन्।

उल्लेखनीय छ, पछिल्ला केही दिनयता मोर्चा दुई छाड़्नेहरूका सङ्ख्या पनि बाक्लिँदै गइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here