गान्तोक, २५ अगस्तः राज्यका पूर्व मुख्यमन्त्री एवं प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का अध्यक्ष पवन चामलिङले आज (बुधबार) सोकेथाङस्थित नयाँ एसटीएनएम अस्पतालको परिभ्रमण गरे।
यसअवसरमा चामलिङले यस अस्पतालमा उपचाराधीन अवस्थामा रहेका रोगीहरूसँग भेट गरी उनीहरूका स्वास्थ्य अवस्थाबारे सोधे।
साथै उनले चिकित्सकहरूबाट ती रोगीहरूका स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता पवन चामलिङले निरन्तर जनतासँग भेट गर्ने कार्य गरिरहेका छन्। बहुसुविधासम्पन्न यो नयाँ एसटीएनएम अस्पताल चामलिङकै शासनमा बनिएको हो।
१४ जनवरीका २०१९ का दिन चामलिङले यस अस्पतालको उद्घाटन गरेका थिए। त्यस समय उनी सिक्किमका मुख्यमन्त्री थिए।