राजीनामा दिएर पनि गोजमुमोमै छु भन्दै अनित थापाले जनतालाई भ्रममा पारेः भुवन पी. खनाल

0
949

दार्जिलिङ, २६ अगस्तः विनय तामाङले १५ जुलाईका दिन गोजमुमोबाट राजीनामा दिएको भोलिपल्टै अर्थात् १६ जुलाईका दिन गोजमुमोका साधारण सदस्यताबाट पनि राजीनामा दिएको गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन खनालले खुलासा गरेका छन्।

उनले आज यो कुरा खुलासा गरेका हुन्। अनित थापाको राजीनामा पत्र नै खनालले सार्वजनिक गरेका छन्, जुन राजीनामा पत्र थापाले न्यायालयलाई बुझाएका थिए।

“अनित थापाको राजीनामा-पत्र उच्च न्यायालयका अधिवक्ता आनन्द भण्डारीमार्फत पाइएको हो। तर, उनले गोजमुमोबाट राजीनामा दिइसकेर पनि गोजमुमोकै कार्यवाहक अध्यक्ष हुँ भन्दै जनतालाई भ्रममा राख्ने कार्य गरिरहेका थिए। विनय तामाङले १५ जुलाईका दिन गोजमुमोबाट राजीनामा दिएका थिए अनि त्यसकै भोलिपल्ट नै १६ जुलाईका दिन अनित थापाले पनि गोजमुमोका साधारण सदस्यताबाट पनि राजीनामा दिएका थिए।“

खनालले थपे “१५ जुलाईका दिन विनय तामाङले गोर्खा जनमुक्ति मोर्चा-२-का अध्यक्ष पदसँगै साधारण सदस्यताबाट पनि राजीनामा दिएका थिए। त्यसै समय उनले पार्टीको झण्डा पनि गोजमुमोका असली मालिक विमल गुरुङको हातमा सुम्पिने घोषणा गरेका थिए अनि त्यसको भोलिपल्ट नै तामाङका केही समर्थकले पार्टीको झण्डा पातलेबास लगेर विमल गुरुङका हातमा सुम्पिएका थिए। त्यसै दिन अनित थापाहरूले खरसाङमा एक आपतकालीन बैठक गरेका थिए अनि स्वयंलाई गोजमुमो-२-का कार्यवाहक अध्यक्ष चयन गरिएको घोषणा गरेका थिए। त्यसपछिदेखि अहिलेसम्म पनि उनले आफूलाई गोजमुमो-२-का कार्यवाहक अध्यक्ष नै भन्ने गरेका छन्। तर, सत्यतामा उनले पनि गोजमुमोबाट राजीनामा दिइसकेका छन्। उनी अहिले गोजमुमोमा छैनन् अनि गोजमुमोका उनी केही पनि होइनन्। तर उनले जनतालाई गोजमुमोमा नै छु भन्ने बताएर भ्रममा हाल्ने कार्य गरिरहेका छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here