दार्जिलिङ, २६ अगस्तः साहित्य अकादमी पुरस्कार २०२० शङ्करदेव ढकालले प्राप्त गरेका छन्।
सिक्किमेली लेखक ढकालले उपन्यास ‘किरायाका कोख’-यसवर्षको साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो।
यस वर्ष पुरस्कारका लागि कृति छनोट गर्ने तीन जुरी सदस्यमा प्रेम प्रधान, युवराज काफ्ले र डा. शान्ति छेत्री थिए। जानकारीका अनुसार तीनजना जुरीमध्ये दुईजनाले किरायको कोखलाई छनोट गरेका हुन्।
उल्लेखनीय छ, शङ्करदेव ढकाल साहित्य अकादमी नेपाली परामर्श समितिका एकजना सदस्य पनि हुन्।