साँच्चै गोर्खाको हित चाहन्छिन् भने ममता ब्यानर्जी वार्तामा आऊन्: बिष्ट

1
1114

सिलगढ़ी, १ सेप्टेम्बरः आउँदो त्रिपक्षीय वार्तामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि उपस्थित भए राम्रो हुने दार्जिलिङका सांसद राजु बिष्टले बताएका छन्।

आज सिलगढ़ीमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

“ममता दिदीले आफूलाई गोर्खाहरूप्रति इमानदार छु भन्दै आइरहेकी छन्। यदि उनी साँच्चै इमानदार छिन्, गोर्खा र दार्जिलिङ पहाड़, तराई अनि डुवर्सको हित चाहन्छिन् भने उनी पनि त्रिपक्षीय वार्तामा आऊन्”, बिष्टले थपे, “किनभने गृहमन्त्री पनि स्वयंले पनि भनेका छन्, -‘राज्य सरकारले वार्तामा भाग आए, राम्रो हुनेछ।”

अर्कोतिर, उनले उत्तर बङ्गाल राज्य गठनको मागलाई यस क्षेत्रका जनताका माग’ बताए।

साथै उत्तर बङ्गालमाथि वर्षौंदेखि गरिँदै आएको अन्याय-अत्याचार र उपेक्षाकै कारण यहाँका जनताले छुट्टै उत्तर बङ्गाल राज्य गठनको माग गरिरहेको उनको भनाइ छ।

यति मात्र उत्तर बङ्गालमाथि गरिने अन्याय-अत्याचार र उपेक्षा अब सहन नगरिने पनि उनले बताए।

यसैबिच गृहमन्त्रीको दार्जिलिङको भ्रमणको खबरले राज्यकी मुख्यमन्त्री डराइरहेको बिष्टको आरोप छ।

यद्यपि गृहमन्त्री कहिले आउने हो भन्नेबारे आफूलाई आधिकारिक रूपमा थाह नभएका पनि जनाए।

उल्लेखनीय छ, आज उत्तर बङ्गालका भाजपा विधायकहरूका सिलगढ़ीमा महत्त्वपूर्ण बैठक सम्पन्न भएको थियो। यस बैठकमा भाजपाका कुल २९ विधायकमध्ये आज २५ विधायक उपस्थित थिए।

बैठक सकेपछि पत्रकार सम्मेलनको आयोजन गरी बैठकमा भएका चर्चा परिचर्चाबारे सांसद राजु बिष्टले जानकारी गराए।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here