पेदोङमा चोरीका घटना बढ़ेपछि मानिसहरू असुरक्षित

0
975

कालेबुङ, २ सेप्टेम्बरः पेदोङ बजारमा चोरीका घटना बढ़ेपछि स्थानीय मानिसहरूले असुरक्षित बोध गर्न थालेका छन्।

हिजो राति लक्ष्मी ज्वेलर्स दोकानमा चोरी भएको घटना प्रकाशमा आएको थियो भने आज राति फेरि त्यसै दोकान छेउ रहेको रवि दास दोकानमा पनि चोरी भएको छ।

यसरी दैनिक चोरीका घटना प्रकाशमा आएपछि मानिसहरू असुरक्षित बनेका हुन्।

अर्कोतिर पुलिसले यस घटनाको छानबिन शुरू गरेको बताइएको छ।

 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here