कोलकाता, 28 फरवरी : पाकिस्थानको बालाकोटस्थित जैश-ए-मोहम्मदको ट्रेनिङ क्याम्पमा भारतीय वायु सेनाले हमला गरेको एकदिनपछि पश्चिम बङ्गालको मुर्शिदाबादबाट दुई आतङ्की पक्रा परेका छन्।
कोलकाता पुलिसको स्पेशल टाक्स फोर्स (एसटीएफ) र मुर्शिदाबाद पुलिसले संयुक्त अभियान चलाएर यी दुई आतङ्कीलाई पक्राउ गरेका हुन्।
पक्रा परेका दुवै आतङ्की जमात-उल-मुजादिद्दीन बङ्ग्लादेशका लागि काम गर्छन्। यी दुईबाट पुलिसले विस्फोट पदार्थ पनि बरामद गरेको छ। दुवै आतङ्कीसँग केरकार चलिरहेको छ।