दार्जिलिङ, ५ सेप्टेम्बरः केही दिनअघि अजय एड्वर्डले राजीनामा दिएपछि रिक्त रहेको दार्जिलिङ ब्राञ्ज कमिटीका अध्यक्ष पदमा एमजी सुब्बालाई नियुक्त गरिएको छ।
त्यसैगरी केन्द्रीय समिति उपाध्यक्ष पदमा किशोर गुरुङलाई नियुक्त गरिएको छ।
केन्द्रीय कार्यालय प्रवक्ता वाई लामाले यसबारे जानकारी गराएका हुन्। नियुक्त भएका दुवैजना गोरामुमोका वरिष्ठ नेता हुन्।
वाई लामाका अनुसार आज केन्द्रीय समिति सभा बसेर एमजी सुब्बालाई दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष र किशोर गुरुङलाई केन्द्रीय उपाध्यक्ष पदमा नियुक्त गरिएको हो।