२९ माइलमा ठूलो पैह्रो, राष्ट्रिय राजमार्ग १० बन्द

0
1003

कालेबुङ, ७ सेप्टेम्बरः हिजो राति करिब १० बजे २९ माइलमा ठूलो भल पैह्रो गएका कारण राष्ट्रिय राजमार्ग १० बन्द भएको छ।

माथिबाट झरेको भल पैह्रो सडकमा थुप्रिएका कारण नै राजमार्ग बन्द भएको हो, जसलाई सोहोर्न दिनभर जस्तो लाग्ने बताइएको छ।

अर्कोतिर डब्ल्यूबी ७८ २९६४ नम्बरको मारुती वाहनलाई भल पैह्रोले बगाएर मूल सडकबाटबाट खस्ने स्थितिमा पुऱ्याएको थियो। उक्त वाहनहरूलाई आज बिहान निकालिइएको छ।

जेसीबीले पैह्रो सोहोर्ने कार्य शुरू गरेको छ। यद्यपि सडकमा भल पैह्रो अत्यधिक थुप्रिएका कारण प्रायः दिनभर जस्तो यातायात बन्द रहने बताइएको छ।

यसैले गान्तोकबाट सिलगढ़ीतर्फ गइरहेका वाहनहरूलाई टिस्टाबाट दार्जिलिङको बाटो भएर पठाइरहेको टिस्टा थानाका एसआई भिमेश तामाङले बताएका छन्।

उल्लेखनीय छ, हिजो पनि पैह्रोकै कारण अपराह्न २.३० बजेसम्म राष्ट्रिय राजमार्गमा यातायात ठप्प रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here