भाजपाले भन्यो- जीटीएमा भएको भ्रष्टाचारको सीबीआईद्वारा जाँच गराऊ

0
928

दार्जिलिङ, ८ सेप्टेम्बरः भारतीय जनता पार्टीले जीटीएमा भ्रष्टाचार भएको भन्दै यसको जाँच सीबीआईद्वारा गरिनुपर्ने माग गरेको छ।

यति मात्र होइन विकासको मागमा गरिएको भ्रष्टाचार सार्वजनिक गर्नुपर्ने तथा यसका दोषीहरूलाई जनताअघि उभ्याइनुपर्ने माग पनि भाजपा दार्जिलिङले गरेको छ।

भाजपा दार्जिलिङ जिल्ला कमिटीले आज यस विषयमा दार्जिलिङमा पोस्टरिङ पनि गरेको छ।

‘जीटीएमा भएको भ्रष्टाचारको सीबीआईद्वारा जाँच गराऊ। जीटीएको भ्रष्टाचारमा किन मौन? बङ्गाल सरकार जवाब देऊ’, पोस्टरमा लेखिएको छ-‘विकासको नाममा गरिएको भ्रष्टाचार सार्वजनिक हुनैपर्छ। जीटीएमा भएका घोटालाका दोषीहरूलाई जनता अघि ल्याउनै पर्छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here