भारत फर्किए पराक्रमी अभिनन्दन

0
1452
अभिनन्दनलाई स्वागत जनाउन अटारी-वाघा बोर्डरमा भेला भएका मानिसहरू।

नयाँदिल्ली, 1 मार्च  : भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमान शुक्रवार बेलुकी स्वदेश फर्किए। पाकिस्तानको तर्फबाट जसै अभिनन्दन वर्तमानलाई भारतसमक्ष सुम्पियो, अटारी-वाघा बोर्डरमा भेला भएका मानिसहरूमा खुशीको लहर दौड़ियो।

मानिसहरूले तिरङ्गा फहराएर अभिनन्दन वर्तमानको स्वागत गरे। यसअवधि अटारी-वाघा बोर्डरमा मानिसहरूले अभिनन्दनका लागि ताली बजाएर स्वागत अभिननन्दन जनाए। यो ऐतिहासिक पललाई हेरेर केही मानिसले भारत-पाकिस्तान सीमामा भारत माताको जयको नारा पनि लगाए।

लगभग 48 घण्टा पाकिस्तानमा बिताएपछि अभिनन्दनले जसै भारतमा कदम राखे, उनका आमा-बाबा भावुक भए। यसअवधि उनीहरूको आँखामा आँसु रसाएको थियो। त्यहीं पिताको आँखामा छोराको साहतप्रति सम्मान स्पष्ट देख्न सकिन्थ्यो।

अभिनन्दनको मिग-21 विमान बुधवार बिहान पाकिस्तानको हमलालाई रोक्ने क्रममा खसेको थियो। अभिनन्दन त्यसबेला पाकिस्तानको भूमिमा झरेका थिए। अभिनन्दनले पाकिस्तानको एक एफ-16 लड़ाकु विमानलाई खसाएको थियो।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीवार संसदमा अभिनन्दनलाई सद्भावको रूपमा शुक्रवार रिहा गर्ने घोषणा गरेका थिए। पाकिस्तानले भारतीय वायुसेनाका पक्रा गरेका विङ्ग कमान्डर अभिनन्दनलाई शान्तिको पहलअन्तर्गत छोड़्ने हिजो घोषणा गरेको थियो।

यसको केही घण्टाअघि भारतले विङ्ग कमान्डरलाई बिनाशर्त रिहा गर्ने कड़ा सन्देश दिएका थिए। नयाँ दिल्लमा भारतीय थल सेना, वायुसेना र नौसेनाका शीर्ष अधिकारीहरूको एक संयुक्त मीडिया ब्रिफिङमा सशस्त्र बल कुनै पनि सुरक्षासम्बन्धित चुनौतीसँग जुझ्नका लागि हाई अलर्टमा रहेको बताइएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here