दार्जिलिङ, ११ सेप्टेम्बरः आज मङ्पुको मङ्पुर सामुदायिक भवनमा सम्पन्न सभाबिच विभिन्न दलका कार्यकर्ताहरू आ-आफ्नो पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), भारतीय जनता पार्टी (भाजपा) र नवगठित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)- त्यागेर मोर्चामा सामेल हुने ती कार्यकर्ताहरूका सङ्ख्या १५० रहेको दावी गरिएको छ।
उनीहरूले आज विमल गुरुङको हातबाट मोर्चाको झण्डा समाएका हुन्।