गोजमुमोलाई समर्थन जनाउने क्रम जारी

0
1067

खरसाङ, १२ सेप्टेम्बरः विभिन्न दलबाट छाड़ेर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-लाई समर्थन जनाउने क्रम जारी छ।

यसै क्रममा आज टुङ-सेन्ट मेरिज समष्टिअन्तर्गत बेलटारका ५० जनाले गोजमुमोमा सामेल भएको बताइएको छ।

मोर्चाका दावीका अनुसार सामेल हुने सबै नवगठित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ता हुन्।

आज बेलटारमा आयोजित एक कार्यक्रमबिच उनीहरूले विमल गुरुङको हातबाट मोर्चाको झण्डा थापेका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here